बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पदयात्रीका लागि उपयुक्त लाङटाङ 

मंगलबार, वैशाख १२ २०८०
पदयात्रीका लागि उपयुक्त लाङटाङ 

काठमाडौं- पदयात्रामा रमाउने पर्यटकका लागि उपयुक्त गन्तव्य हो, लाङटाङ। राजधानीबाट नजिक र तुलनात्मक रुपमा छोटो समयमा पूरा हुने भएकाले पनि यो पदमार्गमा पर्यटक आकर्षित छन्।

राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तव्य  लाङटाङ उपत्यका पुग्नलाई समस्या छैन। काठमाडौंबाट करिब १२५ किमिको यात्राका लागि  स्याफ्रुबेंसीसम्म सहजै बस पाइन्छ। करिब ८ घन्टा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ। त्यहाँबाट सुरु हुन्छ, लाङटाङ पदयात्रा। 

पछिल्लो समय लाङटाङमा पदयात्राको लागि बजारी करणको काम भने सुरु भएको छ। गत साता नेपाल पर्यटन बोर्डको सहकार्यमा एड ओए मिडिया को आयोजनामा र नेपाल पर्यटन बोर्डको सह आयोजना एबम प्रबर्द्धन गरेको कार्यक्रममा गोसाइँकुण्ड गाउँपालिका, न्यु भिजन नेपाल र गरिमा भोइज ट्राभलको सहकार्यमा प्रर्वद्धनको कार्य समेत सम्पन्न गरेको छ।

langytan.jpg

स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको तिरैतिर कटुसको सुगन्ध र गुराँसका रंगीविरंगी जंगलको दृष्यपान गर्दै अघि बढ्दा थकान को पत्तै हुदैन। उकाली–ओराली, झरना, वन वनस्पति, चट्टान, पहाड तथा हिमाली भेगको स्थानीय भेषभूषा रुचाउने पर्यटकका लागि लाङटाङ उपयुक्त गन्तव्य हो।

अझ विभिन्न स्थानमा खुलेका सुविधासम्पन्न लज तथा व्यावसायीको न्यानो आतिथ्य लाङटाङका विषेशता हुन्। तीन दिनको यात्रामा स्याप्रुबेसि बाट बन्दै गरेको  लाङटाङ खोला जलविद्युत आयोजना हुँदै पहिरो, बम्बो रिम्चे, लामा होटेल, घोडातबेला, थान्स्याप , गुम्बा डाडा, लाङटाङ  मुन्डु , सिन्डुम हुँदै  क्यान्जिङ पुगिन्छ। 

समुद्री सतहबाट चार हजार मिटरको उचाईमा रहेको क्यान्जिङ उपत्यका लाङटाङ खोलाको उद्गम स्थल हो। त्यहाँबाट करिब दुई घण्टाको ठाडो उकालो लागेपछि घ्यासा गोन्जला (बेस क्याम्प)पुगिन्छ। घ्यासा बाट आँखै अगाडी लाङटाङ लिरुङ हिमाल देखिन्छ।

कसरी जाने? 

पहिलो दिन– काठमाडौंबाट गाडीमा स्याफ्रुबेसी (१४६२ मि) 

दोस्रो दिन– स्याफ्रुबेसीबाट हिँडेर लामा होटल (२४५० मि)                                              

तेस्रो दिन– लामा होटलबाट हिँडेर लाङटाङ (३५६० मि)                                                                   

चौथो दिन– लाङटाङबाट हिँडेर क्यान्जिन गोम्पा(३८७० मि) 

पाँचौ दिन–क्यान्जिन गोम्पा  बाट हिँडेर लामा होटेल  (२४५०मि)                     

छैटौँ दिन– लामा होटल बाट स्याप्रुबेसी (१४६२ मि ) 

सातौँ दिन– स्याप्रुबेसि बाट काठमाडौं


प्रकाशित : मंगलबार, वैशाख १२ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend