शुक्रबार, असार २० गते २०८२    
शुक्रबार, असार २० २०८२
images
images

उतारचढावपूर्ण सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, पुन: १९०० बिन्दुमाथि

images
मंगलबार, वैशाख १२ २०८०
images
images
उतारचढावपूर्ण सेयर बजारमा देखियो दोहोरो अंकको वृद्धि, पुन: १९०० बिन्दुमाथि
images
images

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। सुधारको अपेक्षा गरिएको बजार घटिरहँदा सोमबार स्थिर रहँदै मंगलबार वृद्धि देखिएको हो। 

images
images

मंगलबार १७.३६ अंकले बढेर बजार १९०५.६८ बिन्दुमा पुगेको छ। १६८ कम्पनीको सेयर मूल्य बढ्दा ८८ करोड ५५ लाख रूपैयाँको कारोबार भएको छ। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको थियो। सोमबार २.७१ अंकले बढेर बजार १८८८.३२ बिन्दुमा पुगेको थियो।  

images
images
images

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा नै देखिन्छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। 

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend