बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्राधिकरणले गर्‍यो फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का

मंगलबार, वैशाख १२ २०८०
प्राधिकरणले गर्‍यो फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार राति फ्लाई दुबईको जहाजमा आगलागी भएको घटनामा भ्रमपूर्ण सूचना फैलाएको भन्दै फ्लाई दुबईका नेपाल प्रमुख र स्टेशन म्यानेजरको पास रोक्का गरेको छ।

प्रमाणबिना दुबईबाट गलत सूचना फैलाएको भन्दै दुवैजनाको पास तत्कालका लागि रोक्का गरेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी बताएका छन्। नयाँ निर्णय नभएसम्मका लागि उनीहरूलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर सोमबार राति फ्लाई दुबईको जहाज कोटेश्वरतर्फबाट उड्दै गर्दा आकाशमा नै आगो लागेको देखिएको थियो। सुरुमा आपतकालीन घोषणा गरे पनि पछि सामान्य भएको घोषणा गरेसँगै जहाज नियमित उडानमै गएको थियो। 

 


प्रकाशित : मंगलबार, वैशाख १२ २०८००८:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend