बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालो लागेको सेयर बजार थामियो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

७५ करोड १३ लाख रूपैयाँको मात्र कारोबार

सोमबार, वैशाख ११ २०८०
निरन्तर ओरालो लागेको सेयर बजार थामियो, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजार स्थिर देखिएको छ। सुधारको अपेक्षा गरिएको बजार घटिरहँदा सोमबारको अवस्था भने स्थिर देखियो। 

सोमबार २.७१ अंकले बढेर बजार १८८८.३२ बिन्दुमा पुगेको छ। १२० कम्पनीको सेयर मूल्य बढेको बजारमा ७५ करोड १३ लाख रूपैयाँको मात्र कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको थियो। जहाँ २९ कम्पनीको मात्र सेयर मूल्य बढ्दा ८२ करोड ८५ लाख रूपैयाँको मात्र कारोबार भएको थियो। 

अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ।

सेयर कारोबार लगातार निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले विश्वस्त देखिँदैनन्। कारोबार रकममा समेत गएको केही सातायता कमी देखिइरहेको छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। 


प्रकाशित : सोमबार, वैशाख ११ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend