बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वस्तु विनिमय बजार सञ्चालनका लागि चार कम्पनीको आवेदन

आइतबार, वैशाख १० २०८०
वस्तु विनिमय बजार सञ्चालनका लागि चार कम्पनीको आवेदन

काठमाडौं- वस्तु विनिमय बजार सञ्चालनका लागि चारवटा कम्पनीले आवेदन दिएका छन्। आइतबार ५ बजेसम्म चार कम्पनीले आवेदन दिएका हुन्। जसमा नेपाल मल्टी कमोडीटी एक्सचेन्ज, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज, मल्टी डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज रहेका छन्।

नेपाल धितोपत्र बोर्डले चार मध्ये २ कम्पनीलाई अनुमति दिने छ। बोर्डले गत बिहीबार सूचना जारी गर्दै नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार कम्पनी स्थापनाका लागि प्रक्रिया अगाडि बढाएको थियो। बोर्डले १० दिनको समय दिँदै इच्छुकसँग आवेदन माग गरेको थियो। 

गैरकानूनी रुपमा लाइसेन्स बाँड्न लागिएको भन्दै पाँच महिना अगाडि सर्वोच्चमा मुद्दा परेको थियो। पाँच महिनादेखि रोकिएको प्रक्रिया अदालतको आदेशसँगै नयाँ लाइसेन्सले गति पाएको हो। पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो।

आवेदन दिने समय नसकिँदै मुद्दा परेर अदालतले प्रक्रिया अगाडि नबढाउन भनेको थियो। सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले बाटो खोलिदिएपछि रोकिएको प्रक्रिया अगाडि बढेको थियो।

नेप्से आएको तीन दशकपछि दोस्रो स्टक एक्सचेञ्जका लागि ठूला घराना जोडिएका तीन कम्पनीको आवेदन नेप्से आएको तीन दशकपछि दोस्रो स्टक एक्सचेञ्जका लागि ठूला घराना जोडिएका तीन कम्पनीको आवेदन


प्रकाशित : आइतबार, वैशाख १० २०८०११:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend