काठमाडौं- वसन्त ऋतुमा हिमाल आरोहणका लागि १ हजार ५ जनाले अनुमति पाएका छन्।
पर्यटन विभागका अनुसार २३ वटा हिमाल आरोहणका लागि ७९ देशका १ हजार पाँच जनाले अनुमति लिएका हुन्। अनुमति लिने आरोहीमध्ये २ सय ३० जना महिला छन्।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि मात्रै ४ सय ५४ जनाले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि अनुमति लिनेमध्ये ९३ जना महिला रहेका छन्।
कुन हिमाल आरोहणका लागि कतिले पाए अनुमति?