बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

विमानस्थल सञ्चार उपकरणमा समस्या आउँदा उडान रोकियो

आइतबार, वैशाख १० २०८०
विमानस्थल सञ्चार उपकरणमा समस्या आउँदा उडान रोकियो

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिँदा एकघण्टा उडान तथा अवतरण प्रभावित भएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सञ्चारमा केही समस्या देखिँदा उडान प्रभावित भएको हो।

अहिले आकाशमा भएका जहाजलाई अवतरण गराउने काम भएपनि उडानमा भने अनुमति नदिएको उनले बताए। साथै प्राविधिक टोलीले अहिले समस्या समाधानको काम गरिरहेको सिटौलाले जानकारी दिए।

यसअघि गएको ५ गते मंगलबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टावर र पाइलटबीचको सञ्चारमा समस्या देखिँदा एकघण्टा उडान तथा अवतरण प्रभावित भएको थियो।


प्रकाशित : आइतबार, वैशाख १० २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend