बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निरन्तर ओरालो लाग्दै सेयर बजार पुन: १९०० बिन्दुतल, सरकारी आश्वासनले विश्वस्त छैनन् लगानीकर्ता

आइतबार, वैशाख १० २०८०
निरन्तर ओरालो लाग्दै सेयर बजार पुन: १९०० बिन्दुतल, सरकारी आश्वासनले विश्वस्त छैनन् लगानीकर्ता

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजारमा सुधारको संकेत देखिएको छैन। अर्थमन्त्री प्रकाशशरण महतले पुँजी बजार सुधारका लागि निरन्तर छलफल र प्रयास गरिरहँदा पनि लगानीकर्ता विश्वस्त हुन नसक्दा उतारचढावको अवस्था निरन्तर छ।

यो साता पहिलो कारोबारमा आइतबार १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको छ। २९ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ८२ करोड ८५ लाख रूपैयाँको मात्र कारोबार भएको छ। आइतबार १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता आइतबार ‍‍‍२.८० अंकले घटेको बजार सोमबार पनि २३.६४ अंकले घटेको थियो। मंगलबार ३.०७ अंकले घटेको बजार बुधबार भने १५.१३ अंकले बढेको थियो भने बिहीबार पुन: १५.७३ अंकले घटेको थियो। 

अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। संगठित लगानीकर्ताले केही दिनको उतारचढावपूर्ण वृद्धिलाई ध्यान दिइरहे पनि बजारको अवस्था भने सुधारोन्मुख देखिँदैन। 

सेयर कारोबार लगातार निराशाजनक अवस्थामा देखिएको छ। उचाइ लिने आशमा रहेका संगठित लगानीकर्ताहरू पनि बजारले अवस्थाले विश्वस्त देखिँदैनन्। कारोबार रकममा समेत गएको केही सातायता कमी देखिइरहेको छ। बजारमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै देखिएका छन्।

 


प्रकाशित : आइतबार, वैशाख १० २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend