बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सर्वसाधारणका लागि आईपीओ खुलाउँदै मोदी इनर्जी, कहिले-कति दिने आवेदन?

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १० २०८०
सर्वसाधारणका लागि आईपीओ खुलाउँदै मोदी इनर्जी, कहिले-कति दिने आवेदन?

बैशाख १९ गतेदेखि खुल्न लागेको आईपीओका लागि बैशाख २४ गतेसम्म आवेदन दिन सकिन्छ।

काठमाडौं- मोदी इनर्जी लिमिटेडले सर्वसाधारणका साधारण सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई सेयर बाँडफाँटपछि मोदी इनर्जीले बैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो। यसमा बैशाख २४ गतेसम्म आवेदन दिन सकिन्छ।

जारी पुँजी २ अर्ब ९० करोड रूपैयाँ रहेको कम्पनीले यसको २५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याएको हो।

यसैबाट कम्पनीले रोजगारीमा गएका, प्रभावित, कर्मचारी, सामूहिक लगानी कोषलाई सेयर दिएको छ। बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयरमा सर्वसाधारणले दाबी गर्न पाउने छन्।

कम्तिमा १० र अधिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीले यसअघि फागुन २५ मा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् २९ करोडको एकसय अंकित दरका २९ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र पर्वतको कुश्मा नगरपालिका-३ र ८ तथा मोदी गाउँपालिका-२, ५, र ६ का स्थानीय बासिन्दाका लागि निष्कासन गरी बाँडफाँट गरेको हो।

सार्वजनिक निष्कासन गरिने सेयरमध्ये चार लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृतिप्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको थियो।


प्रकाशित : आइतबार, वैशाख १० २०८००८:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend