शुक्रबार, असोज ४ गते २०८१    
images
images

डेढ दशकमा बाढीपहिरोमा परी ७५ को मृत्यु, १६ अझै बेपत्ता

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
डेढ दशकमा बाढीपहिरोमा परी ७५ को मृत्यु, १६ अझै बेपत्ता
फाइल तस्बिर

पहिराले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ।

images
images

ढोरपाटन- बागलुङमा हरेक वर्ष बाढीपहिरामा परी धेरैले ज्यान गुमाउने गरेका छन्। तल समथर भूभाग माथि अग्लो पहाड। त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ। बर्सातको समयमा बाढीपहिराले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ।

images
images
images

जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्यांकले छ। पन्ध्र वर्षयताको बाढीपहिराको तथ्यांक हेर्दा ७५ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन्। विसं २०६४ देखि २०७९ सम्म बागलुङमा दर्जनौँ बस्ती विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालयले बेपत्ता नागरिकको परिवारलाई मृतक सरह राहत रकम प्रदान गरेको छ। 

१५ वर्षको अवधिमा पहिराबाट सबैभन्दा बढी ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिका क्षेत्रमा मानवीय क्षति भएको छ। हालको बडिगाड गाउँपालिकामा पर्ने साबिकको ग्वालिचौरमा विसं २०६४ मा गएको पहिरामा परी २९ जनाले ज्यान गुमाएका थिए। पहिरामा बेपत्ता भएका नागरिकलाई पनि मृतकमै गणना गर्ने हो भने ढोरपाटन-९ मा विसं २०७७ मा गएको पहिराले जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति गरेको छ। उक्त पहिरामा परी २३ जनाको मृत्यु भएको थियो। १५ जना बेपत्ता छन्। 

बेपत्तालाई मृतकका सूचीमा राख्ने हो भने पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुग्छ। जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा पहिराको प्रकोप एक नं.मा परेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन्। जिल्लामा हरेक वर्ष हुने मनसुनजन्य प्रकोपबाट मानवीय क्षति भएकै छ।

images

विसं २०७५ असार ११ गते बरेङ गाउँपालिका-१ धुल्लुबासकोटको पहिरामा दुई, २०७५ साउन ३० गते निसीखोला गाउँपालिका-३ मा पहिरो गई घर पुरिँदा तीनजनाको मृत्यु भएको थियो। मनसुन आपत्कालीन योजनामा समावेश तथ्यांकअनुसार २०७६ साल साउन ७ गते गलकोट नगरपालिका-८ ज्यामिरेको पहिरामा एक, २०७६ साउन २० गते तमानखोला गाउँपालिका-४ लाम्मेला शिवपुरीमा पहिरो गई तीनजनाको मृत्यु भएको उल्लेख छ। 

जिल्लाको काठेखोला गाउँपालिका-४ मा २०७७ साल असार ६ गते पहिरो गई एक, २०७७ साउन १० बागलुङ नगरपालिका-१ मा आएको पहिराले पुरिएर एकजनाको मृत्यु र एक बेपत्ता भएका थिए। निसीखोला-१ मा २०७७ साउन १२ गतेको पहिराले एकजना सोही दिन तमानखोला-२ मा आएको पहिरामा परी दुई, २०७७ साउन ३० गते निसीखोला-३ का एकजना र निसीखोला-५ का दुईजनाको मृत्यु भएको थियो। 

ढोरपाटन-२ मा २०७७ साल भदौ ९ मा एक, ढोरपाटन-१० मा भदौ १६ गते आएको बाढीपहिराले एकको मृत्यु भएको थियो। विसं २०७७ कै भदौ २७ मा बडिगाड-१० मा एक, भदौ २८ र २९ गतेको पहिरामा परी जैमिनी-२ मा दुई र वडा नं ५ मा एकजनाको मृत्यु भएको थियो। समग्रमा २०७७ सालमा बागलुङमा ४० जनाको बाढीपहिरो चट्याङबाट मृत्यु भएको, १६ जना बाढीपहिरामा बेपत्ता भएको थिए। विसं २०७८ असारको वर्षाका कारण बागलुङ-कुश्मिसेरा सडकको गलुवा खण्डमा पहिराबाट क्षतिग्रस्त सडक साउन ३ गतेदेखि सञ्चालन गरिएको थियो।

गत वर्षको असोज ३१ गतेदेखि परेको बेमौसमी वर्षाका कारण जिल्लाभरिका तीन हजार पाँच सय कृषकको चारसय १० हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा समेत प्रभाव पारेको थियो। एकचालीस कृषकको एकसय चार रोपनी क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति भएको थियो। पहिराले विस्थापित परिवार हिउँदमा जीर्ण घरमै बसे पनि बर्खा लागेपछि थातथलो छाडेर अन्तै सर्नुपर्ने स्थिति छ। रासस


प्रकाशित : शनिबार, वैशाख ९ २०८००७:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend