शुक्रबार, असोज ४ गते २०८१    
images
images

मंगलबारे-पाराबारी जोड्ने सकड कालोपत्र

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, वैशाख ९ २०८०
images
images
मंगलबारे-पाराबारी जोड्ने सकड कालोपत्र

नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी ९९ लाख ९८ हजारको लागतमा ९ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो।

images
images

झापा- शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मंगलबारे- पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ। नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी ९९ लाख ९८ हजारको लागतमा ९ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो।

images
images
images

सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले १८ लाख रूपैयाँ र बाँकी स्थानीय उपभोक्ताबाट संकलन गरिएको थियो। शिवसताक्षीकै पुरानो बजार मंगलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए।

सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन्। सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, विर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ। रासस 


प्रकाशित : शनिबार, वैशाख ९ २०८००६:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend