बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

ईपीएसलाई मन्त्रालयको स्पष्टीकरण : कोरिया जाने भाडा किन महँगो? प्रतिव्यक्ति नाफा कति आउँछ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ८ २०८०
ईपीएसलाई मन्त्रालयको स्पष्टीकरण : कोरिया जाने भाडा  किन महँगो? प्रतिव्यक्ति नाफा कति आउँछ?

कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा ईपीएस कोरियालाई तीन दिनभित्र लिखित जवाफ दिन भनिएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत दक्षिण कोरियाको हवाई भाडाबारे ईपीएस कोरियालाई स्पष्टीकरण सोधेको छ। 

रोजगारीका लागि कोरियन भाषा अध्ययन गरेर दक्षिण कोरिया जानेहरुले महँगो हवाई भाडा तिर्नुपरेको गुनासो आइरहेका बेला ईपीएस कोरियालाई स्पष्टीकरण सोधिएको हो। 

कोरियन एयरलाइन्सले यात्रुसँग महँगो भाडा असुल गरिरहेको विषयमा तीन दिनभित्र लिखित जवाफ दिन भनिएको पर्यटनमन्त्री सुदन किरातीले जानकारी दिए। मन्त्री किरातीका अनुसार ईपीएस कोरियालाई यी प्रश्नहरु सोधिएको छ :

१. ईपीएसबाट कोरियन एयरलाइन्सद्वारा कोरिया जाने टिकट लागत कति हो? 
२. प्रतिव्यक्ति नाफा कति आउँछ? 
३. कति प्रतिशत बढाउन पाउने नियम छ? 
४. कोरियन एयरलाइन्सले अहिलेसम्म एकलौटी कति यात्रु बोके?  
५. समग्रमा अहिले सम्मको टिकटको  बजेट कति हुन आउँछ? 
६. कोरियन एयरलाइन्सले १ लाख ८५ हजार लिने टिकट मूल्य ट्रान्जिट भएर जाँदा पनि लगभग ७० हजार मात्र भाडा लाग्छ, कोरियन एयरलाइन्सले किन अत्याधिक भाडा लिएको? 

 


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८०११:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend