बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नौ महिनामा नौ वाणिज्य बैंक कारबाहीमा, सचेत गराउनेदेखि करोडौँ जरिवानासम्म

शुक्रबार, वैशाख ८ २०८०
नौ महिनामा नौ वाणिज्य बैंक कारबाहीमा, सचेत गराउनेदेखि करोडौँ जरिवानासम्म

सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ।

काठमाडौं- नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकहरुलाई कारबाही गरेको छ। 

नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकले साउनदेखि चैत मसान्तसम्म ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको हो।

तत्कालीन एनसीसी (हाल कुमारीमा गाभिएको) र कुमारी बैंकलाई सचेत गराइएको छ भने अन्य बैंकलाई जरिवाना समेत गरिएको छ। कुमारीले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दा औचित्य पुष्टि नहुनेगरी गरेको र तत्कालीन एनसीसीले सहुलियतपूर्ण कर्जासम्बन्धी एकीकृत कार्यविधिविपरित एकै समूहलाई एकभन्दा बढी सहुलियत कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ।

तत्कालीन एनसीसीका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले आफ्नो अख्तियारभन्दा बाहिर गई कर्जा स्वीकृत गरेकाले उनलाई भने ५ लाख जरिवाना गरिएको छ।

सम्पत्ति सुद्धीकरणसम्बन्धी ऐन उल्लंघन गरेको भन्दै राष्ट्रिय वाणिज्य बैंकलाई १० लाख रुपैयाँ जरिवाना गरिएको छ। यस्तै नेपाल बैंकलाई साउनमा कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

साउन र भदौमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (हाल प्रभुमा गाभिएको) लाई २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ। 

भदौ र असोजमा कर्जा निक्षेप अनुपात कायम नगरेको ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ भने सोही प्रकृतिको कारबाहीमा कृषि विकास बैंकलाई ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार र नबिल बैंकलाई ६ करोड ४६ लाख रुपैयाँ बराबर जरिवाना गरिएको छ।


प्रकाशित : शुक्रबार, वैशाख ८ २०८००९:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend