बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन ६ घण्टा बन्द हुँदै छ?

बिहीबार , वैशाख ७ २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल किन ६ घण्टा बन्द हुँदै छ?

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको विद्युत आपूर्ति अवरूद्ध हुने भएकाले आज बिहीबार राति १ बजेदेखि शुक्रबार बिहान ७ बजेसम्म उडान-अवतरण बन्द हुने भएको छ।

यात्रुहरूको सुरक्षामा थप काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रणालीलाई सुदृढीकरण गर्नका लागि अनलाइन यूपीएस जडान गर्नुपर्ने हुँदा विद्युत आपूर्ति अवरूद्ध हुने र सोही कारण उडान अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

यात्रुहरूले आफू यात्रा गर्ने सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यकताअनुसार व्यवस्था गर्न प्राधिकरणले अनुरोध गरेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०१३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend