बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

वित्तीय संस्थाहरूबाट एकैदिन २५ अर्ब निक्षेप बाहिरियो

बिहीबार , वैशाख ७ २०८०
वित्तीय संस्थाहरूबाट एकैदिन २५ अर्ब निक्षेप बाहिरियो

काठमाडौं- वित्तीय संस्थाहरूको निक्षेप एकैदिन २५ अर्ब घटेको छ। मंगलबार साँझसम्म ५४ खर्ब ७३ अर्ब पुगेको निक्षेप बिहीबारसम्म २५ अर्बले घटेर ५४ खर्ब ४८ अर्बमा झरेको छ। वित्तीय संस्थाहरूले ऋण लागनी भने ४८ खर्ब ४६ अर्ब पुगेको छ। 

चैत मसान्तमा बैंकहरूको निक्षेप ५४ खर्ब ४९ अर्ब रहेको थियो। यता ऋण लगानी भने बढ्न सकेको छैन। सीडी रेसियो ८५.२० प्रतिशतबाट केही बढेको छ। मंगलबार साँझसम्म ८५.२० प्रतिशत रहेको सीडी रेसियो ८५.४८ प्रतिशतमा उक्लिएको छ। अन्तर बैंक ब्याजदर ७ प्रतिशतनै कायम रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्म वित्तीय प्रणालीमा निक्षेप ५४ खर्ब ४९ अर्ब पुगेको छ। चैतमा मात्रै ४९ अर्ब निक्षेप थपिएको थियो। 

चैत १ गते वित्तीय संस्थाहरूको निक्षेप ५४ खर्ब रहेको थियो। त्यसयता ४९ अर्ब निक्षेप बढेकोे हो। चैत महिनाभरी ऋण लगानी भने १७ अर्ब मात्रै भएको छ। यता चैत १ मा ४८ खर्ब १२ अर्ब ऋण प्रवाह पुगेकोमा थपिएर ४८ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ। यता सीडी रेसियो पनि ८५.३५ प्रतिशतमा झरेको छ। साउनमा ८८ प्रतिशतसम्म पुगेको सीडी रेसियो अहिले घटेर ८५.३५ प्रतिशतमा आएको छ।

यसले बैंकहरूले ऋण लगानी गर्न सक्ने देखिएको छ। साउनमा ८८.५० प्रतिशत सम्म पुगेको थियो। भने धेरै बैंकहरूलाई नेपाल राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा राख्न हम्मे हम्मे परेको थियो। यता अन्तर बैंक ब्याजदर ७ प्रतिशतमा झरेको छ। 

गत साउन महिनामा १ खर्ब ८ अर्बले घटेको निक्षेप त्यसयता लगातार बढिरहेको छ। तथ्यांकअनुसार भदौमा ५२ खर्ब, असोजमा ६२ अर्ब, कात्तिकमा १६ अर्ब, मंसिरमा ५७ अर्ब, पुसमा ९५ अर्ब, माघमा २५ अर्ब र फागुनमा ३२ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। चैत ४९ अर्ब निक्षेप थपिएको छ। 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend