आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४ अर्बमा ट्याक्सिवेसहितको पूर्वाधार नेपाली कम्पनीले बनाउने 

images
बिहीबार , वैशाख ७ २०८०
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ४ अर्बमा ट्याक्सिवेसहितको पूर्वाधार नेपाली कम्पनीले बनाउने 

भैरहवा विमानस्थलमा दोस्रो चरणको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि नै एसियाली विकास बैंकसँग ऋण सम्झौता गरिसकेको छ। 

images
images

काठमाडौं- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी-वे पुनर्उत्थानसहितको काम गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ४ अर्बको ठेक्का लगाउने भएको छ। 

images
images
images

प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे पुनरुत्थानका, एप्रोन, सडक तथा पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो। यो कामका लागि ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा ठेक्का लाग्ने भएको छ। 

images
images

टेन्डरमा सहभागीमध्येको आशिस क्षमतादेवी र बुद्ध हिमालीको सयुक्त उपक्रमले कबोल गरेको रकम सबैभन्दा न्यून भएको भन्दै दिनका लागि आसयपत्र जारी गरेको छ। 

images
images

ट्याक्सीवे सहितको पूर्वाधारका लागि नेपाली कम्पनीले नै निर्माणको जिम्मा पाउने भएको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिले आन्तरिकका लागि रहेको धावनमार्गलाई नै अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सीवे मा स्तरोन्नति गर्ने योजना रहेको छ। स्तरोन्नति भनिएपनि यसमा सबै काम नयाँ गर्नुपर्ने हुन्छ।

विमानस्थलमा  अहिले रहेको पूरानो धावनमार्ग भएकै लाइनबाट समानन्तर ट्याक्सी-वे निर्माणको काम अघि बढ्ने छ। यसका लागि डिजाइन तथा परामर्श दिनका लागि  सिंगापुरको कम्पनी मेनहार्ड पिटिइ लिमिटेड र आरआइटिइएसको सयुक्त उपक्रमले पाइसकेको छ।

दोस्रो चरण अन्तर्गत प्राधिकरणले भैरहवामा टर्मिनल भवन निर्माण, समानन्तर ट्याक्सी-वे लगायतका पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ। तर अहिलेको यो ठेक्का भने टर्मिनल बाहेकको हो। 

भैरहवा विमानस्थलमा दोस्रो चरणको पूर्वाधार निर्माणका लागि सरकारले यसअघि नै एसियाली विकास बैंकसँग ऋण सम्झौता गरिसकेको छ। 


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend