बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एनआईसी एसियालाई उछिन्दै ग्लोबल आइएमई बैंक नाफा कमाउनेमा बन्यो दोस्रो, अन्य सूचक कस्तो?

बिहीबार , वैशाख ७ २०८०
एनआईसी एसियालाई उछिन्दै ग्लोबल आइएमई बैंक नाफा कमाउनेमा बन्यो दोस्रो, अन्य सूचक कस्तो?

ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा नबिल बैंकपछि धेरै नाफा कमाउनेमा दोस्रो भएको छ।

काठमाडौं- ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा नबिल बैंकपछि धेरै नाफा कमाउनेमा दोस्रो हो।

बैंकले गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा नाफा १७ प्रतिशतले बढाएको हो। सो अवधिमा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो।

चालु आवको तेस्रो त्रैमासिक अवधिमा बैंकले ११ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिमा बैंकले ७ अर्ब ४३ कराड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यस्तै, बैंकले ४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत आवको सोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप संकलन गरेको थियो भने २ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो।

बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ भने सीडी रेसियो ८७.१७ प्रतिशत कायम भएको छ। गत आवको सोही अवधिमा बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो भने सीडी रेसियो ९३.०७ प्रतिशत थियो। बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend