बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नबिल र एनआईसी एसिया बैंकको सूचकमा अब्बल बन्ने प्रतिस्पर्धा, कुनको सूचक कस्तो?

बिहीबार , वैशाख ७ २०८०
नबिल र एनआईसी एसिया बैंकको सूचकमा अब्बल बन्ने प्रतिस्पर्धा, कुनको सूचक कस्तो?

नाफामा नबिल बैंकले एनआईसी एसिया बैंकलाई उछिनेको छ। नबिल बैंकले ५ अर्ब ११ करोड नाफा गर्दा एनआईसी एसियाले ४ अर्ब १ अर्ब नाफा कमाएको छ। तर अन्य सूचकमा भने दुवै बैंक अब्बल देखिएका छन्। 

काठमाडौं- नाफामा नबिल बैंकले एनआईसी एसिया बैंकलाई उछिनेको छ। नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ५ अर्ब ११ करोड नाफा गर्दा एनआईसी एसियाले ४ अर्ब १ अर्ब नाफा कमाएको छ। तर अन्य सूचकमा भने दुवै बैंक अब्बल देखिएका छन्। 

नबिल बैंक

नबिल बैंकले  ९ महिनामै ५ अर्बभन्दा बढी नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवणअनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत बढेको हो।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ  पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७।७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको छ। बैंकको  वितणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ। ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ।

एनआईसी एसिया बैंक 

एनआईसी एसिया बैंकले ९ महिनामा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ। जुन नाफा गत वर्षको सोही अवधीको तुलनमा ११.३८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ भएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशतभन्दा तल नै कायम राख्न सपल भएको छ। बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ।

वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ। साथै, बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ। बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ८८ पैसा रहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००१:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend