बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

प्राइम कमर्सियल बैंकको नाफा घटेसँगै अधिकांश सूचक खराब

बिहीबार , वैशाख ७ २०८०
प्राइम कमर्सियल बैंकको नाफा घटेसँगै अधिकांश सूचक खराब

प्राइम कमर्सियल बैंकको नाफा ९.३५ प्रतिशत घटेर २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

काठमाडौ- प्राइम कमर्सियल बैंकको नाफा ९.३५ प्रतिशत घटेर २ अर्ब ४६ करोड ७५ लाख रुपैयाँमा सिमित भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

समीक्षा अवधिमा बैंकको ब्याज आम्दानी १८.०७ प्रतिशत बढेर ५ अर्ब ४७ करोड २५ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ६३ करोड ५१ लख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको खराब कर्जा २.१२ प्रतिशत बढेर ३.०६ प्रतिशत पुगेको छ। जसकारण बैंकले ९९ करोढ ८६ लाख रुपैयाँ प्रोभिजन राख्नुपर्ने भएकाले नाफा घटेको हो।

बैंकको निक्षेप संकलन ३.८६ प्रतिशत बढेर १ खर्ब ६६ अर्ब ३९ करोड रुपैयाँ र कर्जा प्रवाह ३.४४ प्रतिशत बढेर १ खर्ब ५२ अर्ब १० करोड रुपैयाँ पुगेको छ। चैत मसान्तसम्म बैंकले सीडी रेसियो ८९.१३ प्रतिशत कायम राख्न सफल भएको छ।

बैंकको चुक्ता पुँजी ४ प्रतिशत बढेर १९ अर्ब ४० करोड रुपैयाँ र जगेडा कोष १०.१७ प्रतिशत बढेर ९ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड १५ लाख रुपैयाँ रहेको छ।

नफा घटेसँगै बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसा घटेर १६.९६ रुपैयाँमा सीमित भएको छ ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८००१:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend