बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नेपाल बैंकको नाफामा धक्का, गत वर्षभन्दा १८.७२ प्रतिशत कम

बिहीबार , वैशाख ७ २०८०
नेपाल बैंकको नाफामा धक्का, गत वर्षभन्दा १८.७२ प्रतिशत कम

नेपाल बैंक लिमिटेडको नाफामा धक्का लागेको छ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

काठमाडौं- नेपाल बैंक लिमिटेडको नाफामा धक्का लागेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.७२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.२० प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २७.३२ प्रतिशत बढेको छ।

निष्क्रिय कर्जा २.०६ प्रतिशतबाट बढेर ४.१६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर १ अर्ब ४८ करोड पुगेपछि बैंकको सञ्चालन नाफा १४.९७ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा १८ करोड ७ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ १३ पैसा घटेर १६ रुपैयाँ १३ पैसामा सीमित भएको हो। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.१३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २४१ रुपैयाँ ९७ पैसा रहेको छ।

गत आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस सेयर वितरण गरी चुक्तापुँजी १४ अर्ब ६९ करोड पुर्याएको यस बैंकको जगेडा कोषमा २० अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप १६.९६ प्रतिशत बढेको छ भने कर्जा १.३४ प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०००:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend