बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एभरेष्ट बैंकको नाफा ६२.६३ प्रतिशत बढ्यो, अन्य सूचक पनि उत्साहप्रद

बिहीबार , वैशाख ७ २०८०
एभरेष्ट बैंकको नाफा ६२.६३ प्रतिशत बढ्यो, अन्य सूचक पनि उत्साहप्रद

एभरेष्ट बैंक लिमिटेडले चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.६३ प्रतिशत बढी हो।

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले चैत मसान्तसम्ममा बैंकले २ अर्ब ४६ करोड ६० लाख रुपैयाँ खुद नाफा गरेको छ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.६३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५९.३८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३९.२१ प्रतिशत बढेको छ।

त्यसैगरी बैंकको सञ्चालन नाफा ६२.५९ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ३ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ २९ पैसा बढेर ३० रुपैयाँ ७४ पैसा पुगेको छ।

सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.५३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ८६ पैसा रहेको छ।

गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर वितरण गरी चुक्ता पूँजी १० अर्ब ६९ करोड पुर्याएको बैंकको जगेडा कोषमा १३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ७.७७ प्रतिशत बढेको छ भने कर्जा १०.६० प्रतिशत बढेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०००:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend