शुक्रबार, असोज ४ गते २०८१    
images
images

एनएमबि बैंकको नाफा २ अर्ब ६८ करोड, अन्य सूचक कस्तो?

images
बिहीबार , वैशाख ७ २०८०
images
images
एनएमबि बैंकको नाफा २ अर्ब ६८ करोड, अन्य सूचक कस्तो?

एनएमबि बैंकको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत मात्रै बढेको छ। बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

images
images

काठमाडौं- एनएमबि बैंकको तेस्रो त्रैमासमा खुद नाफा ०.६५ प्रतिशत मात्रै बढेको छ। बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

images
images
images

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेर ६ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ४२ करोड खुद ब्याज आम्दानी गरेको थियो।

बैंकको कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेर ८ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

images

चैत मसान्तसम्म बैंकको निक्षेप ७ प्रतिशत बढेर १ खर्ब ९७ अर्ब ७३ करोड रुपैयाँ र कर्जा १ खर्ब ८५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। बैंकले सीडी रेसियो ८७.०८ प्रतिशत कायम राख्न सफल भएको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा १.५० प्रतिशत बढेर २.९६ प्रतिशत पुगेको जनाएको छ।

बैंकको जगेडा कोषमा १२.३५ प्रतिशत बढेर ९ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ रकम जम्मा रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०००:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend