सोमबार, मंसिर १० गते २०८१    
images
images

एनआईसी एसिया बैंकको नाफा चार अर्ब कट्यो, वितरणयोग्य नाफा कति?

images
बिहीबार , वैशाख ७ २०८०
images
images
एनआईसी एसिया बैंकको नाफा चार अर्ब कट्यो, वितरणयोग्य नाफा कति?

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ। साथै बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

images
images

काठमाडौं- एनआईसी एसिया बैंकले ९ महिनामा ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ। जुन नाफा गत वर्षको सोही अवधिको तुलनमा ११.३८ प्रतिशत बढी हो।

images
images
images

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

images

चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ११.६१ प्रतिशत बढेर ९ अर्ब २१ करोड ७० लाख रुपैयाँ कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

images

बैंकको निक्षेप संकलन ८.५९ प्रतिशत बढेर ३ खर्ब १४ अर्ब ८० करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब ६६ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा बढेको भएपनि १ प्रतिशतभन्दा तल नै कायम राख्न सपल भएको छ। बैंकको खराब कर्जा ०.३४ प्रतिशत बढेर ०.८७ प्रतिशत पुगेको छ।

वित्तीय विवरणअनुसार बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ। साथै बैंकको जगेडा कोष २९.६५ प्रतिशत बढेर १७ अर्ब २१ करोड ६३ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।


प्रकाशित : बिहीबार , वैशाख ७ २०८०००:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend