बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

नबिल बैंकको नाफामा उछाल, ९ महिनामै ५ अर्ब ११ करोड नाफा हुँदा अन्य सूचक कस्तो?

बुधबार, वैशाख ६ २०८०
नबिल बैंकको नाफामा उछाल, ९ महिनामै ५ अर्ब ११ करोड नाफा हुँदा अन्य सूचक कस्तो?

गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत बढेको हो।

काठमाडौं- नबिल बैंकले  ९ महिनामै ५ अर्बभन्दा बढी नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवणअनुसार चैत मसान्तसम्म ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँमात्रै नाफा कमाएको थियो। गत वर्षको तुलनामा बैंकको नाफा ५२.६२ प्रतिशत बढेको हो।

चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खराब कर्जा दर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ। बैंकको  वितणयोग्य नाफा १ अर्ब ७७ करोड २० लाख रुपैयाँ रहेको छ। ९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ।


प्रकाशित : बुधबार, वैशाख ६ २०८०२३:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend