शुक्रबार, असोज ४ गते २०८१    
images
images

चीनलाई जनसंख्यामा भारतले उछिन्यो

images
बुधबार, वैशाख ६ २०८०
images
images
चीनलाई जनसंख्यामा भारतले उछिन्यो

भारतमा रहेको कुल जनसंख्याको करिब आधा हिस्सा ३० वर्षभन्दा कम उमेरका युवाले ओगटेको छ

images
images

काठमाडौं- भारत विश्वकै सर्वाधिक जनसंख्या भएको देश बनेको छ। संयुक्त राष्ट्रसंघले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चीनलाई उछिन्दै भारत विश्वकै धेरै जनसंख्या भएको देश बनेको हो। 

images
images
images

राष्ट्रसंघको तथ्यांकअनुसार भारतको जनसंख्या १ अर्ब ४२ करोड ८० लाख नाघेको छ। यो संख्या चीनमा रहेको १ अर्ब ४२ करोड ५० लाखभन्दा केही बढी हो। 

भारतमा रहेको कुल जनसंख्याको करिब आधा हिस्सा ३० वर्षभन्दा कम उमेरका युवाले ओगटेको छ। यही जनसंख्या भारतको आर्थतन्त्रको वृद्धिका लागि महत्वपूर्ण सावित हुनेछ। 

भारत अहिले एसियाको तेस्रो ठूलो अर्थतन्त्र भएको देश हो भने विश्वको पाँचौं ठूलो अर्थतन्त्र भएको देश हो।

images

२०५० सम्म पुग्दा भारतको जनसंख्या १ अर्ब ६६ करोड ६० लाख हुने अनुमान गरिएको छ भने चीनको जनसंख्या १ अर्ब ३१ करोड ७० लाखमा सीमित हुने अनुमान गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ। 


प्रकाशित : बुधबार, वैशाख ६ २०८०१०:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend