काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको विद्युत आपूर्ति अवरूद्ध हुने भएकाले आउँदो ७ गते बिहीबार राति १ बजेदेखि बिहान ७ बजेसम्म उडान-अवतरण बन्द हुने भएको छ।
यात्रुहरूको सुरक्षामा थप काम गर्नुपर्ने भएकाले विद्युत आपूर्ति प्रणालीलाई सुदृढीकरण गर्नका लागि अनलाइन यूपीएस जडान गर्नुपर्ने हुँदा विद्युत आपूर्ति अवरूद्ध हुने र सोही कारण उडान अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले उक्त दिन यात्रुहरूले आफू यात्रा गर्ने सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गरेर आवश्यकता अनुसार व्यवस्था गर्न अनुरोध गरेको छ।