बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटन मन्त्रालयले माग्यो हायात होटल लिमिटेडसँग २७ र तारागाउँ विकास समितिसँग २२ प्रश्नको जवाफ

मंगलबार, वैशाख ५ २०८०
पर्यटन मन्त्रालयले माग्यो हायात होटल लिमिटेडसँग २७ र तारागाउँ विकास समितिसँग २२ प्रश्नको जवाफ

समिति र होटलको विभिन्न कोणबाट गरिएको अध्ययनअनुसार प्रतिवेदनमा उठेका मुद्धामा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ देखिएको  समेत मन्त्रालयले जनाएको छ।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारागाउँ रिजेन्सी होटल लिमिटेड र तारागाउँ विकास समितिसँग होटल हायातमा सरकारको रहेको सम्पत्ति लगायतको विषय ३ दिनभित्र जवाफ पेस गर्नु पर्ने गरी बेग्लाबेग्लै प्रश्न सोधेको छ।

पर्यटन मन्त्री सुदन किरातीले मन्त्रिस्तरीय निर्यण गर्दै होटललाई २७ र विकास समितलाई २२ प्रशन सोधेका हुन्।

मन्त्रालयले तारा गाउँ विकास समितिमार्फत नेपाल सरकारको लगानी तथा प्रतिफलको अध्ययन, अनुसन्धान, छानविन तथा सुझाव सुधार कार्यदलको प्रतिवेदन, २०७९ ले तारा गाउँ विकास समिति र तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडको नीति निर्णय, काम कार्वाहीमा विभिन्न कोणबाट विश्लेषण गरेको  समेत जनाएको छ।

समिति र होटलको विभिन्न कोणबाट गरिएको अध्ययनअनुसार प्रतिवेदनमा उठेका मुद्धामा प्रशस्त प्रश्न गर्न सकिने ठाउँ देखिएको  समेत मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जवाफ  माग्दै लेखेको पत्रमा भनिएको छ, 'कुनै कुनै विषयहरु निकै गम्भिर प्रकृतिका रहेका छन् । यस्तो परिप्रेक्ष्यमा यथास्थितिमा समिति र होटललाई सञ्चालन र व्यवस्थापनलाइ निरन्तरता दिने या नदिने भन्ने निष्कर्षमा पुग्नुपर्ने हुन्।'

तारा गाउँ रिजेन्सी होटल लिमिडेडलाई सोधिका २७ प्रश्न

१. तारा गाउँ रिजेन्सी होटल लिमिटेड निर्माणको परियोजना लागत योजनाबद्ध तरिकाले बढाईएको देखिन्छ। तारा गाउँ विकास समिति र सर्राफ आइसिटिसी समूह बीचमा लागत १ अरब ५० करोड  रुपैयाँ हुने सहमति भएपनि दोब्बर बढी ३ अर्ब ४३ करोड खर्च गरिएको देखिन्छ। यसरी संयुक्त लगानी सम्झौता र समझदारी पत्र विपरीत होटल परियोजना लागत अत्याधिक मात्रामा बृद्धी गर्नाको कारण के हो ?

२. घाटामा गएको बेला पनि कम्पनीले सञ्चालक तथा उच्च व्यवस्थापकलाइ ३८ करोड १२ लाख रुपैयासम्म भुक्तानी गरेको देखियो। भारी नोक्सानीमा सञ्चालनमा रहेको अवस्थामा कम्पनीबाट अस्वभाविक रुपमा ठूलो धनराशी पारिश्रमिकको रुपमा भुक्तानी लिनुको कारण के हो?

३.कम्पनीले व्यवसायसँग असम्बन्धित खर्चलाई पुष्टि गर्ने बिल बीजक तथा कागजात समेत पेश नगरी ठूलो रकम खर्च लेखाङ्कन गरेको देखिन्छ। यसबाट नोक्सानी भई लगानीकर्ता प्रतिफल शुन्य हुन पुगे। अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च लेखाङ्कन गर्नाको कारण के हो ? यस्तो अप्रमाणिक तथा पुष्टि हुन नसक्ने खर्च सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नु नपर्नाको कारण के हो ?

४. कम्पनीले विभिन्न आर्थिक वर्षमा विभिन्न शीर्षकमा प्राप्त गरेको आम्दानी बापतको रकम आम्दानी लेखाङ्कन गरेको नदेखिएको हुँदा यस्ता आम्दानी नबाधिएका आम्दानीहरु के कति रहेका छन ? यकिन गरी पेश गर्ने । साथै यस्ता आम्दानीहरु सम्बन्धितबाट असुलउपर नगर्नुपर्ने कारण के हो?

५. कम्पनीले विभिन्न आवमा तेस्रो पक्षलाई भुक्तानी गर्दा स्रोतमा कर कट्टी नगरी भुक्तानी गरेको र भुक्तानी प्राप्त गर्ने तेस्रो पक्षले तिर्नु पर्ने उक्त अग्रीम कर कट्टि बापतको खर्च ३ करोड २४ लाख रकम के कति कारणबाट खर्च लेखाङ्कन गरेको हो? उक्त अग्रीम कर कट्टी बापतको रकम सम्बन्धित पदाधिकारीबाट असुल उपर गर्नु पर्छ वा पर्दैन?

६. आयकर कानूनले दिएको ह्रासकट्टी दर भन्दा कम्पनीले कट्टा गरेको ह्रासकट्टीदर कम छ । यति हुँदा हुँदै पनि ह्रासकट्टी खर्च बढी हुन सक्ने देखिँदैन । कर परीक्षणमा समेत मान्य नभएको उक्त बढी खर्च लेखाङ्कन भएको  ह्रास  कट्टी खर्च ५० करोड २१ लाख रुपैयाँ  रकम सम्बन्धितबाट असुलउपर  गरी आम्दानी लेखांकन  गर्नु पर्ने हो वा होइन?

अन्य प्रश्नहरु 

hotel 2.jpg
hotel 3.jpg
hotel 4.jpg
hotel 5.jpg

यसैगरी मन्त्रालयले तारागाउँ विकास समितिलाई सोधेको २२ प्रश्न सोधेको छ। 

यस्ता छन् २२ प्रश्न

tara d.jpg

tara b.jpg

tara c.jpg

tara d.jpg

 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८०१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend