बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सेयर बजार घट्दो ट्रेन्डमा, कारोबार रकम ८७ करोडमात्र

मंगलबार, वैशाख ५ २०८०
सेयर बजार घट्दो ट्रेन्डमा, कारोबार रकम ८७ करोडमात्र

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजार थामिएको छ। केही दिनको सामान्य वृद्धि र निरन्तर ओरालोमा देखिँदै आएको बजार मंगलबार थामिएको हो।

मंगलबार ३.०७ अंकले घटेर बजार १९०४.९८ बिन्दुमा पुगेको छ। ६२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ८७ करोड रूपैयाँको मात्र कारोबार भएको छ। 

यो साता आइतबार ‍‍‍२.८० अंकले घटेर बजार १९३१.६८ बिन्दुमा झरेको थियो। सोमबार २३.६४ अंकले ओरालो लागेर १९०८.०४ मा सीमित भएको थियो। गएको साता सेयर बजार बुधबार ९२.२२ अंकले बढेको थियो। तर बजारको उछाल एकदिन पनि टिक्न सकेन। गएको साता नै बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको थियो। 

बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा ओरालो यात्रा निरन्तर देखिएको छ। अर्थतन्त्रमा सुधार हुँदै गएका आँकडाहरू आइरहँदा पनि पुँजी बजारमा भने निराशा छाइरहेको छ। 


प्रकाशित : मंगलबार, वैशाख ५ २०८००९:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend