बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ देखि

सोमबार, वैशाख ४ २०८०
सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी बैशाख २२ देखि

प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए। 

काठमाडौं- उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले सातौँ संस्करणको चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी २०८० आगामी बैशाख २२ गतेदेखि चितवन प्रदर्शनी केन्द्र भरतपुरमा हुने भएको छ।

चितवन उद्योग संघको आयोजना, नेपाल उद्योग परिसंघको प्रवर्द्धनमा  बैशाख २२, २३ र २४ गते उक्त प्रदर्शनी आयोजना हुनेछ। 

सोमबार नेपाल उद्योग परिसंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बेलामा उद्योगी व्यवसायीहरूको मनोबल बढाउनु‍पर्ने खाँचो रहेको बताए। 

कठिन परिस्थितीमा समेत चितवन उद्योग संघले गर्ने अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीले उद्योगी व्यवसायीलाई सकारात्मक सन्देश दिने उनले बताए।

प्रदर्शनी आयोजक चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनी नेपाली उद्यमीहरुलाई नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यमी जन्माउन सहयोग गर्ने उपयुक्त माध्यम बन्ने विश्वास व्यक्त  गरे। 

प्रदर्शनीमा निर्माण, कृषि, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, फर्मास्युटिकल्स, टेक्सटाइल, प्रिन्ट्रिङ, प्याकेजिङ, प्लाष्टिक, पर्यटन, फूड एण्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादन र सेवाका प्रदर्शनी हुने उनले जानकारी दिए। 

आधुनिक मेसिन, यन्त्र उपकरण र प्रविधिको प्रदर्शनीसहित राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २०० भन्दा बढी स्टल हुने उनले बताए। 

प्रकाशित : सोमबार, वैशाख ४ २०८०१३:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend