बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

मन्थलीबाट लुक्ला दैनिक एक दर्जनभन्दा बढी उडान गर्दै तारा एयर

सोमबार, वैशाख ४ २०८०
मन्थलीबाट लुक्ला दैनिक एक दर्जनभन्दा बढी उडान गर्दै तारा एयर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन्।

मन्थली- पर्यटकीय सिजन सुरु भएसँगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक ४ दर्जनभन्दा बढी उडान गर्दै आएका छन्।

यो सिजनमा तारा एयर ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्दै आएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाइ लुक्लाका लागि उडान भर्दै आएका हुन्। यो विमानस्थलबाट तारा एयर लगायत समिट र सिताले पनि उडान भर्दै आएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि एउटा विमानले दैनिक दुईदेखि तीन वटा मात्र उडान भर्न सक्ने अवस्था भएपछि मन्थलीबाट लुक्ला उडाउन सुरु गर्न थालेपछि दैनिक एउटै विमानले आठदेखि दस वटासम्म उडान गर्न थालेका हुन्।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय ताराको एउटै विमानले मन्थलीबाट लुक्लासम्म दैनिक पाँचदेखि आठवटा उडान भर्दै आएको जानकारी दिए। अहिले रामेछापको मन्थली विमानस्थलमा ताराका दुईवटा विमान रहेका छन्।

‘बिहानै काठमाडौंबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकैदिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटकसमेतलाई सजिलो भएको छ,’ उनले भने।

तारा एयरले मन्थलीदेखि लुक्लामात्र नभएर पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ।


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend