बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उडानकै क्रममा पाइलटलाई निलम्बन गरेको भन्दै निगम अध्यक्ष अधिकारीलाई सोधियो स्पष्टीकरण

सोमबार, वैशाख ४ २०८०
उडानकै क्रममा पाइलटलाई निलम्बन गरेको भन्दै निगम अध्यक्ष अधिकारीलाई सोधियो स्पष्टीकरण

अधिकारीले हङकङबाट काठमाडौंको फ्लाइट गरिरहेका बेला गत मंगलबार क्याप्टेन शेरचनलाई निलम्बन गरेका थिए।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानकै क्रममा पाइलटलाई निलम्बन गरेको भन्दै नेपाल वायु सेवा निगम (नेपाल एयरलान्स) का कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टीकरण सोधेको छ। अधिकारीले न्यारोबडी जहाज उडान गरिरहेको बेला पाइलट रवीन्द्र शेरचनलाई निलम्बन गरेका थिए।

प्राधिकरणले उडानकै क्रममा पाइलटलाई निलम्बन गर्दा सुरक्षामा समेत खतरा आउने भन्दै अधिकारीसँग स्पष्टीकरण सोधेको हो। अधिकारीले हङकङबाट काठमाडौंको फ्लाइट गरिरहेका बेला गत मंगलबार क्याप्टेन शेरचनलाई निलम्बन गरेका थिए।

अधिकारीले शेरचनलाई मंगलबार राति ७ बजेर ८ मिनेटमा एउटा इमेल पठाए, जसमा उनलाई ‘अनिश्चितकालका लागि निलम्बन गरिएको’ लेखिएको थियो।

तर शेरचन उक्त समयमा १३० यात्रु बोकेर हङकङबाट काठमाडौं आउँदै थिए। शेरचलने आफू निलम्बनमा परेको विषय जहाज अवतरण गरेपछि मात्रै थाह पाएका थिए।  प्राधिरकणले यस विषयमा  ३ दिन भित्र जवाफ मागेको हो।

साथै प्राधिकरणले अधिकारीलाई योग्यता नै नपुगेका क्याप्टेन उद्धव घिमिरेलाई अपरेसन विभागको निर्देशक बनाएको विषयमा समेत जवाफ मागेको छ भने फागुन २४ गते र्‍याम्प जाकेट र परिचयपत्र नलगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयरसाइडमा पुगेको विषयमा सुरक्षा कक्षा लिई चैत २० गते 'एक साताभित्र प्रमाणपत्र पेस गर्न भनेकोमा हालसम्म किन नगरेको ?' भनी पुनः स्पष्टीकरण सोधेको छ।


प्रकाशित : सोमबार, वैशाख ४ २०८०१०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend