बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति

आइतबार, वैशाख ३ २०८०
सिटिजन्स बैंकद्वारा दुई संस्थालाई छात्रवृत्ति

एक समारोहबीच बैंकले दुई लाखको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेको छ।

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एचआईभी संक्रमित अबोध बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ।

लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप दुई लाखको चेक हस्तान्तरण गरेको हो। बैंकले आफ्नो सोह्रौं वार्षिक उत्सव बैशाख ७ गते मनाउदै छ, सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो।  ‘हजुरको प्रगतीको सहयात्री’ भन्ने नाराका साथ अनवरत रूपले विगत सोह्र वर्षदेखि नेपाली जनताको घरदैलोमा सर्वसुलभ बैंकिङ सेवा  पुर्याउँदै आएको छ।  

एक समारोहबीच बैंकले दुई लाखको चेक संस्थाका संचालक राजकुमार पुनलाई हस्तान्तरण गरेको छ। बेबी लाईफ होममा रहेका २७ जना एचआईभी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने कुरा संस्थाका संचालक राजकुमार पुनले जानकारी दिए। 

त्यसैगरि कर्णाली क्षेत्र पर्यटन तथा साँस्कृतिक आरक्षण केन्द्र मार्फत चन्दननाथ माविमा ३ वर्ष वन विज्ञान डिप्लोमा तह  र मदन भण्डारी कृषि प्राविधिक विद्यालयमा वनस्पति विज्ञानमा तीन वर्षको डिप्लोमा कार्यक्रममा अध्ययनरत २ जना विद्यार्थीहरूलाई एक लाख रुपैयाँ बराबर छात्रवृत्ति प्रदान गरेको छ। 

हरेक वर्ष बैंकले आफ्नो वार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ। यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिकाअनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, १३९ वटा एटीएम ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट १५ लाख ४० हजारभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८०१३:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend