बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

२ कम्पनीले पाए फ्लाइङ स्कुल सञ्चालनको अनुमति, अब नेपालमै पाइलट तालिम सुविधा

आइतबार, वैशाख ३ २०८०
२ कम्पनीले पाए फ्लाइङ स्कुल सञ्चालनको अनुमति, अब नेपालमै पाइलट तालिम सुविधा

लामिछानेका अनुसार लामो समयपछि कानूनी समस्या समाधान गर्दै अनुमति पत्र दिने निर्णय गरेको बताए।

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन जनशक्ति उत्पादन गर्ने २ वटा कम्पनीलाई लाइसेन्स दिएको छ।

मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेका अनुसार २ वटा प्लाइङ स्कुल सञ्चालनका लागि अनुमति पत्र जारी भएको हो।

अनुमति पत्र दिने निर्णय भइसकेको उनले बिजनेस न्यूजसँग बताए। उनका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। लामिछानेका अनुसार लामो समयपछि कानूनी समस्या समाधान गर्दै अनुमति पत्र दिने निर्णय गरेको बताए।

अब स्कुलले उड्डयन जनशक्ति उत्पादन गर्ने छ। अन्य उड्डयन जनशक्ति नेपालमा मै उत्पादन भएपनि पाइलट भने नेपालमै उत्पादन हुन सकेका थिएनन्। अब योसँगै नेपालमै पाइलटसमेत उत्पादन हुने भएको छ। 


प्रकाशित : आइतबार, वैशाख ३ २०८०१३:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend