शनिबार, असोज १३ गते २०८०    

२ कम्पनीले पाए फ्लाइङ स्कुल सञ्चालनको अनुमति, अब नेपालमै पाइलट तालिम सुविधा

images
२ कम्पनीले पाए फ्लाइङ स्कुल सञ्चालनको अनुमति, अब नेपालमै पाइलट तालिम सुविधा

लामिछानेका अनुसार लामो समयपछि कानूनी समस्या समाधान गर्दै अनुमति पत्र दिने निर्णय गरेको बताए।

images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उड्डयन जनशक्ति उत्पादन गर्ने २ वटा कम्पनीलाई लाइसेन्स दिएको छ।

images

मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेका अनुसार २ वटा प्लाइङ स्कुल सञ्चालनका लागि अनुमति पत्र जारी भएको हो।

images

अनुमति पत्र दिने निर्णय भइसकेको उनले बिजनेस न्यूजसँग बताए। उनका अनुसार शुभम् एभीएसन प्रालि र चन्द्र सूर्य एभीएसन प्रालिले फ्लाइङ स्कुल स्थापनाको अनुमति पाएका हुन्। लामिछानेका अनुसार लामो समयपछि कानूनी समस्या समाधान गर्दै अनुमति पत्र दिने निर्णय गरेको बताए।

images

अब स्कुलले उड्डयन जनशक्ति उत्पादन गर्ने छ। अन्य उड्डयन जनशक्ति नेपालमा मै उत्पादन भएपनि पाइलट भने नेपालमै उत्पादन हुन सकेका थिएनन्। अब योसँगै नेपालमै पाइलटसमेत उत्पादन हुने भएको छ। 

images

images

प्रकाशित : आइतबार, वैशाख ३ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ