बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

घट्दो ट्रेन्डमा रहेको सेयर बजार साताको पहिलो दिन थामियो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ३ २०८०
घट्दो ट्रेन्डमा रहेको सेयर बजार साताको पहिलो दिन थामियो

आइतबार ‍‍‍२.८० अंकले घटेर बजार १९३१.६८ बिन्दुमा झरेको छ। ७० कम्पनीको मात्र सेयर मूल्य बढ्दा आइतबार ९७ करोड ४५ लाख रूपैयाँको कारोबार भएको छ। 

काठमाडौं- निरन्तर उतारचढावमा रहँदै लामो समयपछि बुधबार एकदिन उचालिएको सेयर बजार पुन: एकदिन बढेर फेरि ओरालोतिरै लागेको छ। साताको पहिलाे दिन आइतबार बजार स्थिर देखिएको छ।

आइतबार ‍‍‍२.८० अंकले घटेर बजार १९३१.६८ बिन्दुमा झरेको छ। ७० कम्पनीको मात्र सेयर मूल्य बढ्दा आइतबार ९७ करोड ४५ लाख रूपैयाँको कारोबार भएको छ। 

गएको साता निरन्तर आरालो लागेकाे सेयर बजार बुधबार ९२.२२ अंकले बढेको थियो। तर सेयर बजारको उछाल एकदिन पनि टिक्न सकेन। बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झर्‍यो। 

बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै बजारमा व्यापक वृद्धि देखिएको आँकलन भइरहँदा अहिले पुन: बजारमा उतारचढावकै अवस्था देखिएको हो। लगानीकर्तालाई विश्वास दिलाउने प्रयासमा अर्थमन्त्री प्रकाशशरण महत लागिरहँदा बजारमा स्थायी सुधारको आधार देखिएको छैन।

केही ठूला लगानीकर्ताको वरपर देखिने गरेको बजारमा पुन: उतारचढावले उही बिन्दुवरपर तलमाथि भइरहेको देखिन्छ।


प्रकाशित : आइतबार, वैशाख ३ २०८००९:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend