काठमाडौं- चालु आर्थिक वर्षको ९ महिनामा पर्यटन उद्योगमा १९ अर्ब ६३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार ९ महिनामा ४१ वटा पर्यटनमुलक उद्योग दर्ता भएका छन्।
पर्यटन उद्योगमा होटल तथा क्यासिनो र केबलकार कम्पनीसमेत रहेका छन्। जसमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता ४ अर्ब ९२ करोडको लगानी प्रतिबद्धतासँगै सिक्लेस अन्नपूर्ण केबलकार प्रालि दर्ता भएको छ।
यसैगरी आयुष्मान होटल्स लिमिटेडमा २ अर्ब ५१ करोडको लगानी प्रतिबद्धता आएको छ। त्यस्तै होटल ईष्टर्न नेपाल प्रालिमा १ अर्ब ६९ करोड र बुढानीलकण्ठ हेरिटेज लिमिटेडमा २ अर्ब ४० करोडको लगानी प्रतिबद्धता आएको छ भने मार्स हस्पिटालिटी ग्रुप प्रालिमा १ अर्ब ३८ करोड रुपैयाँ लगानी प्रतिबद्धता रहेको छ।
अन्य कुन होटलमा कति लगानी?