बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

आइतबार, वैशाख ३ २०८०
पर्यटन प्रवर्द्धनका लागि पदयात्रा

पदयात्रासँगै घोडाबाधे, बेलढुंगालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ।

गलकोट- यहाँको दुई पर्यटकीय गन्तव्य जोड्नका लािग पदयात्रा गरिएको छ। धौलागिरि चक्रिय पदमार्गका रुपमा नयाँ गन्तव्य बनाउने उद्देश्यले नयाँ वर्षमा पदयात्रा आयोजना गरिएको पर्यटन अभियान्ता खिमानन्द कँडेलले जानकारी दिए।  

पर्यटकीय क्षेत्रको विकास र प्रचार–प्रसारका लागि पर्यटन अभियान्ता, सरोकारवाला निकाय तथा स्थानीयवासीको सक्रियतामा गाजादह, हलहले, घोडाँबाधे, सिलकोट हुँदै बेलढुंगासम्म पदयात्रा गरिएको हो। 

'पर्यटन विकासका लागि प्रचारप्रसार र पूर्वाधार ठूलो कुरा हो, अहिले प्रचारप्रसारका कारण बेलढुंगामा पर्यटक बढेका छन्, तर एक स्थानमा आएका पर्यटकलाई अर्को स्थानमा लैजान सकिएको छैन', कँडेलले भने, 'गाजा दहलाई बेलढुंगासम्म जोड्ने र घोडाँबाधेलाई ‘ग्लोबल कल्चर भ्याली’का  रुपमा विकास गर्नका लागि पदयात्रा गरिएको हो।'

पदयात्रासँगै घोडाबाधे, बेलढुंगालगायतको स्थानमा पर्यटकीयस्थलको विकासका लागि गर्न सकिने नवीन कामका विषयमा अन्तरक्रिया समेत गरिएको छ।

पदयात्रामा स्थानीय पालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा पर्यटन अभियान्ता सहभागी थिए। गलकोट नगरपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिका र ताराखोला गाउँपालिकाको आयोजनामा पदयात्राको गरिएको हो। 

पदयात्राकै क्रममा पदयात्रीसहितको समूहले पर्यटन अभियान्ता कृष्ण केसीको संयोजनमा घोडाबाधेमा एक सय ९८ देशको राष्ट्रिय झण्डा फहराएका थिए। कृष्ण केसीले गाजादह, घोडाबाँधे, बेलढुंगा हुँदै पञ्चकोटलाई धौलागिरि चक्रिय पदमार्गको रुपमा विकास गर्नका लागि निरन्तर प्रवर्द्धनात्मक काम गरिरहेको बताए।  

गलुङको जैमिनी र गल्कोट नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकाको संगमस्थल गाजाको दह समद्री सतहदेखि दुई हजार चार सय ८० मिटर उचाइमा रहेको छ भने काठेखोला गाउँपालिका-३ धम्जाको बेलढुंगा समद्री सतहदेखि दुई हजार ६०० मिटरको उचाइमा रहेको छ। रासस


प्रकाशित : आइतबार, वैशाख ३ २०८००७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend