शुक्रबार, असोज १२ गते २०८०    

पोखराका होटलमा ९० प्रतिशत पर्यटक

images
बिजनेस न्युज
पोखराका होटलमा ९० प्रतिशत पर्यटक

लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ।

images

गण्डकी- नयाँ वर्ष २०८० को आगमनसँगै पोखराका होटल क्षमताको ९० प्रतिशत बढी भरिएका छन्।

images

कोरोनाका कारण लामो समयसम्म प्रभावित यहाँको पर्यटन गत माघ १ गते भएको यती एयरलायन्सको विमान दुर्घटनापछि झनै सुस्ताएकामा नयाँ वर्षको आगमनले उत्साह थपेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

images

पोखरा र आसपास गरी यहाँ ठूला-साना गरी लगभग एक हजार दुई सय होटल सञ्चालनमा छन्। उनले नयाँ वर्षको आगमनसँगै देखिएको पर्यटकको चापले आफूहरूलाई उत्साहित बनाएको उनले बताए।

images

'नयाँ वर्षका कारण यतिखेर लेकसाइडका होटल लगभग शतप्रतिशत  भरिएका छन्', उनले भने, 'लेकसाइडमात्र नभई पोखरा र आसपासका होटलसमेतको अक्युपेन्सी हेर्दा ९० प्रतिशतभन्दा बढी देखिन्छ।'

images

नयाँ वर्षको अघिल्लो दिन चैत ३० गते र वैशाख १ गते लेकसाइड क्षेत्रमा पर्यटकको चापका कारण कोठा पाउन मुस्किल भएको होटल एसियाका सञ्चालक धर्मराज पन्थीले जानकारी दिए। नयाँ वर्षको आगमनलाई लक्षित गरी आयोजित फेवा नववर्ष महोत्सवका कारण पनि आन्तरिक पर्यटकको चहलपहल बर्सेनि बढ्दै गएको पर्यटन व्यवसायी बताउँछन्। रासस 

images

प्रकाशित : शनिबार, वैशाख २ २०८००२:५२
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ