बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडानका लागि थाल्यो तयारी 

शुक्रबार, वैशाख १ २०८०
नेपाल एयरलाइन्सले भैरहवाबाट दिल्ली उडानका लागि थाल्यो तयारी 

काठमाडौं- नेपाल एयरलाइन्स (वायु सेवा निगम)ले भारतको दिल्ली उडान गर्ने भएको छ। निगमले मेबाट गौतम बुद्ध अन्तर्राष्ट्रय विमानस्थलबाट भारती दिल्ली र मलेसिया क्वालालम्पुर उडान गर्ने तयारी गरेको जनाएको छ।

यसका लागि आवश्यक तयारी गरिरहेको निगम प्रवक्ता रमेश पौडेलले जानकारी दिए। निगमले यसका लागि आवश्यक उडान अनुमति लिने प्रक्रिया सुरु गरेको जनाएको छ।

निगमले  आवश्यक उडान अनुमति, जनशक्ति व्यवस्थापन, प्राविधिक तयारी र बजारीकरणका लागि वाणिज्य विभागका उपनिर्देशक सन्तोश पाण्डेको नेतृत्वमा एक स्पेशल टास्क फोर्श गठन गरेका छ।

अनुमति पाउना साथ बुकिङ खुला हुने निगमले जनाएको छ। दिल्ली र मलेसियामा साताका एक उडानबाट सेवा सुरु गर्ने निगमले जनाएको छ।


प्रकाशित : शुक्रबार, वैशाख १ २०८०१३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend