बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालका पाँच प्राथमिकता

images
बिहीबार , चैत ३० २०७९
images
images
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालका पाँच प्राथमिकता

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उचो बनाउनेमा विश्वास व्यक्त गरे।  

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा  चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार बिहीबार सम्पन्न ५७औँ साधारणसभा मार्फत ढकाल महासंघको २०औँ अध्यक्ष निर्वाचित भएका हुन्।

images
images
images

निवर्तमान अध्यक्ष शेखर गोल्छामार्फत् ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका हुन्। शपथ ग्रहण लगत्तै नवनिर्वाचित अध्यक्ष ढकालले आफूले लामो समयदेखि जारी राखेको सर्वसम्मतीको प्रयास अन्तिममा सफल भएको बताए।

उनले यसका लागि उमेशलाल श्रेष्ठका साथै पूर्वअध्यक्षहरुको ठूलो भूमिका रहेको भन्दै अध्यक्षका रुपमा महासंघको छवीलाई आगामी दिनमा अझ उचो बनाउनेमा विश्वास व्यक्त गरे।  

images

महासंघको नवनिर्वाचित अध्यक्षको रुपमा ढकालले अबको कार्यकालमा पाँच वटा विषयहरु पहिलो- वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, दोस्रो- लगानीको वातावरण बनाउने, तेस्रो- राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, चौथो- दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने,र पाँचौ- व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कामलाई प्राथमिकतामा  राखेको उल्लेख गरेका हुन्। 

images

नवनिर्वाचित अध्यक्ष ढकाल पहिलो पुस्ताका सफल उद्यमी-व्यवसायी हुन्। महासंघमा दुई कार्यकाल कार्यकारिणी समिति सदस्य रहेका ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९१३:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend