बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

उपयोग नै नहुने ऋण लिएर उच्च ब्याजको भार बोक्दै सरकार

जथाभाबी ऋण लिँदै सरकार

images
शनिबार, वैशाख २ २०८०
images
images
उपयोग नै नहुने ऋण लिएर उच्च ब्याजको भार बोक्दै सरकार

वित्तीय व्यवस्थाअन्तर्गत १२ अर्ब ८५ करोड २७ लाख खर्चमध्ये सार्वजनिक संस्थानमा ऋण तथा सेयर लगानी खर्च गरेको थियो। 

images
images

काठमाडौं- सरकारले नगद व्यवस्थापन राम्रोसँग नगर्दा आन्तरिक ऋणको दुरुपयोग भएको पाइएको छ। 

images
images
images

लिएको ऋणको खर्च अनुत्पादक ठाउँमा लगानी गर्ने र अर्कोतिर उपयोग नै नहुने हुँदा पनि उच्च ब्याजको ऋण लिने गरेको पाइएको महालेखाको प्रतिवेदनमा औँल्याइएको छ। 

स्पष्ट उद्देश्य र प्रतिफल निश्चित हुनेगरि ऋण लिनुपर्ने सिद्धान्त र नियम विपरीत ऋणको दुरुपयोग भइरहेको महालेखाले उल्लेख गरेको छ। २०७८/७९ मा सरकारले २ खर्ब २७ अर्ब ७३ करोड ७ लाख आन्तरिक ऋण लिएको थियो। आन्तरिक ऋणमध्ये चालुतर्फ सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान शीर्षकमै ९५ अर्ब ९३ करोड १० लाख रूपैयाँ खर्च भएको थियो। 

images

त्यसैगरी पुँजीगततर्फ सवारीसाधन खरिद लगायतका शीर्षकमा ७९ अर्ब ७६ करोड ५३ लाख खर्च भएको थियो। वित्तीय व्यवस्थाअन्तर्गत १२ अर्ब ८५ करोड २७ लाख खर्चमध्ये सार्वजनिक संस्थानमा ऋण तथा सेयर लगानी खर्च गरेको थियो। 

images

अनुत्पादक ऋणकै लगानी गरेको सरकारले अर्कोतिर ऋण उठाएर ३९ अर्ब १८ करोड १७ लाख रुपैयाँ उपयोग नै नगरेको पाइएको छ। उपयोग नभए पनि ब्याजको भार परिरहेको छ। 

बजेट वक्तव्यमा सार्वजनिक ऋणलाई वाञ्छित सीमाभित्र राखिने तथा आन्तरिक ऋण विकास खर्चमा मात्र परिचालन गर्ने नीतिलाई निरन्तरता दिने उल्लेख गरिएको छ। तर यो घोषणाको ठाडो उलंघन भइरहेको छ। 

आर्थिक वर्ष  २०७८/७९ को अन्त्यसम्म नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २०  खर्ब १३ अर्ब २९ करोड ६४ लाख रूपैयाँ रहेको छ। सोमध्ये बाह्य ऋण  १० खर्ब २५ अर्ब ८४ करोड ७१ लाख र आन्तरिक ऋण ९ खर्ब ८७ अर्ब ४४ करोड ९३ लाख रूपैयाँ रहेको छ। सरकारको वार्षिक ऋण दायित्व  २ खर्ब ७५ अर्ब ६५ करोड ९६ लाख रूपैयाँ अर्थात् गत वर्षको तुलनामा १५.८६ प्रतिशत वृद्धि भएको छ। 


प्रकाशित : शनिबार, वैशाख २ २०८००५:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend