बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

एकदिन पनि टिकेन सेयर बजारको उछाल

बिहीबार , चैत ३० २०७९
एकदिन पनि टिकेन सेयर बजारको उछाल

काठमाडौं- लामो समयपछि बुधबार एकदिन उचालिएको सेयर बजार बिहीबार पुन: घटेको छ। निरन्तर उतारचढावमा रहँदै ओरालोतिर लागेको सेयर बजार एकदिन बढेर फेरि ओरालोतिरै लागेको हो।

बुधबार ९२.२२ अंकले बढेको बजार बिहीबार २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको छ। बिहीबार २८ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार २८.३१ अंकले घटेको बजार सोमबार ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको थियो। मंगलबार २७.३१ अंकले बढेर बजार १८७१.३३ बिन्दुमा पुगेको थियो। धबार ९२.२२ अंकले बढेर बजार १९६३.५५ बिन्दुमा पुगेको बजारमा बिहीबार पुन: गिरावट देखियो। 

बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेसँगै बजारमा व्यापक वृद्धि देखिएको आँकलन भइरहँदा अहिले पुन: उतारचढावकै अवस्था देखिएको हो। लगानीकर्तालाई विश्वास दिलाउने प्रयासमा अर्थमन्त्री प्रकाशशरण महत लागिरहँदा बजारमा स्थायी सुधारको आधार देखिएको छैन। 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend