बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

कोरोना महामारीपछि चीनबाट एकैपटक आए १८० पर्यटक, स्वागत गर्न विमानस्थल पुग्यो मन्त्रीसहितको टोली

बिहीबार , चैत ३० २०७९
कोरोना महामारीपछि चीनबाट एकैपटक आए १८० पर्यटक, स्वागत गर्न विमानस्थल पुग्यो मन्त्रीसहितको टोली

काठमाडौं- कोरोना महामारीपछि चीनबाट पहिलोपटक ठूलो संख्यामा पर्यटक नेपाल आएका छन्। हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर एकैपटक १ सय ८० जना चिनियाँ नेपाल भ्रमणमा आएका हुन्। 

चीनबाट आएका पर्यटकलाई पर्यटनमन्त्री सुदन किराती, पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मी र चिनियाँ राजदूत छेन् सङसहितको टोलीले विमानस्थल पुगेर स्वागत गरे। उनीहरूलाई पञ्जेबाजा बजाएर स्वागत गरिएको थियो।

 

 


प्रकाशित : बिहीबार , चैत ३० २०७९०४:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend