बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

निक्षेपको ब्याजदर एकल अंकमा राख्ने बैंकर्स संघको निर्णय, ऋणको पनि घट्ने

बुधबार, चैत २९ २०७९
निक्षेपको ब्याजदर एकल अंकमा राख्ने बैंकर्स संघको निर्णय, ऋणको पनि घट्ने

काठमाडौं- नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले ब्याजदर घटाउने निर्णय गरेको छ। संघको बैठकले निक्षेपको ब्याजदर १.०१ प्रतिशतले  घटाउने निर्णय गरेको हो।   

अब बैशाख १ गतेदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय भएको हो। त्यस्तै बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत रहने छ। त्यस्तै बैठकले कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। ऋणको ब्याजदर भने गत माघको घटेको दरअनुसार समायोजन हुनेछ।

बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए। १२.१३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए।  

 

 


प्रकाशित : बुधबार, चैत २९ २०७९०५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend