सोमबार, मंसिर १० गते २०८१    
images
images

बैंकर्स संघको बैठक बस्दै : बैशाखदेखि ऋण र निक्षेप दुवै ब्याजदर घट्न सक्ने

images
बुधबार, चैत २९ २०७९
images
images
बैंकर्स संघको बैठक बस्दै : बैशाखदेखि ऋण र निक्षेप दुवै ब्याजदर घट्न सक्ने
images
images

काठमाडौं- नेपाल बैंकर्स संघको बैठक आज बुधबार बस्दैछ। संघको बैठकले ब्याजदरको विषयमा महत्वपूर्ण निर्णय लिने बताइएको छ। खासगरी निक्षेप र ऋण दुवैको ब्याजदर घट्ने गरी निर्णय आउने देखिन्छ। माघ, फागुन र चैतको एकैपटक समायोजन हुँदा ऋणको ब्याजदर १.५ प्रतिशत बिन्दुसम्म घट्न सक्ने छ। 

images
images
images

बैंकहरूले गत माघमा ब्याजदर घटाएका थिए। १२.१३३ प्रतिशतको ब्याजदरलाई ११ प्रतिशत झारेका थिए। ऋणको प्रिमियम पनि बैंकले घटाएका थिए। अब आधारदरमा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम लिन पाइने छ। यसअघि ६ प्रतिशतसम्म गर्ने निर्णय भएको थियो। 

images

चैतदेखि नै नयाँ ऋणीको ब्याजदर घट्ने थालेकाने भएपनि  बैशाखदेखि पुराना ऋणीको ब्याजदर पनि २ प्रतिशतसम्म घट्ने गरी निर्णय आउने भएको छ।

images

यता बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरसँग गरेको भेटमा बैंकको निक्षेपको ब्याजदर घटाएर ९.९ प्रतिशतमा झार्ने सहमति गरेको बताइएको छ। मंगलबार सिविफिनले आयोजना गरेको पत्रकार सम्मेलनमा अब ब्याजदर ९.९ प्रतिशतमा आउने दाबी गरेका थिए।

सोही सम्मेलनमा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले पनि बैशाखदेखि निक्षेपको व्याजदर घट्ने बताएका थिए। उनले निक्षेपको ब्याजदर घटेपछि कर्जाको पनि घट्ने छ र ऋणीलाई राहत हुने बताएका थिए।


प्रकाशित : बुधबार, चैत २९ २०७९०४:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend