बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

आरकेडी होल्डिङ्सले आईपीओ जारी गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
आरकेडी होल्डिङ्सले आईपीओ जारी गर्ने

आरकेडी  होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण भइरहेको छ।

पर्वत- आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आईपीओ जारी गर्ने निर्णय गरेको हो।

कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आईपीओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए।

स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत सेयर दिने गरी आईपीओ जारी हुनेछ। यसबाहेक संस्थापक सेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार सेयर जारी गर्ने भएको छ।

कम्पनीको अधिकृत पूँजी दुई अर्ब रहेको छ भने जारी पूँजी एक अर्ब ५० करोड रहेको छ। कम्पनीमा संस्थापक सेयर पूँजी ७८ प्रतिशत रहेको छ। आरकेडी  होल्डिङअन्तर्गत बन्दीपुर एन्ड टुरिज्म लिमिटेडले पहाडकी रानी भनेर चिनिने बन्दीपुरमा केबुलकार र पाँचतारे होटल, स्काई वाक, बन्जी, जिपलाइन लगायतका पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ।

पञ्चासे केबुलकार एन्ड टुरिज्म लिमिटेडमार्फत कास्की, पर्वत र स्याङ्जाको सिमानामा पर्ने पर्यटकीयस्थल पञ्चासेमा र बुढीमाँ छिम्केश्वरी केबुलकार लिमिटेडमार्फत तनहुँको छिम्केश्वरीमा केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको छ। रासस


प्रकाशित : मंगलबार, चैत २८ २०७९१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend