बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अर्थतन्त्रमा सुधार देखिइरहँदा वृद्धितर्फ लाग्यो सेयर बजार, अब लय समात्ला?

मंगलबार, चैत २८ २०७९
अर्थतन्त्रमा सुधार देखिइरहँदा वृद्धितर्फ लाग्यो सेयर बजार, अब लय समात्ला?

काठमाडौं- लामो समयपछि सेयर बजारमा उल्लेखनीय वृद्धि देखिएको छ। लगानीकर्तालाई विश्वास दिलाउने प्रयासमा अर्थमन्त्री प्रकाशशरण महत लागिरहँदा पनि धरमराइरहेको बजारमा मंगलबार भने सुधार देखियो।

मंगलबार २७.३१ अंकले बढेर बजार १८७१.३३ बिन्दुमा पुगेको छ। मंगलबार पनि बजारमा वृद्धि देखिए पनि गएका केही सातायता जस्तै कारोबार रकममा भने सुधार देखिएन। मंगलबार २०१ कम्पनी सेयर मूल्य बढ्दा ९४ करोड ५२ लाख रूपैयाँको कारोबार भएको छ।

यो साता आइतबार २८.३१ अंकले घटेको बजार सोमबार ५.५४ अंकले बढेर १८४४.०२ बिन्दुमा पुगेको थियो। 

अर्थमन्त्री महतले पदभार सम्हालेदेखि नै बजार सुधारका लागि निरन्तर छलफलमा जुटे पनि सुधार देखिन सकेको थिएन। लगानीकर्ताले विश्वास गुमाएको बजारमा अझै विश्वस्त हुने आधार नदेखिएको विश्लेषकहरूले बताउँदै आएका छन्। 

अहिले अर्थतन्त्रको अवस्थामा सुधार देखिँदै जाँदा अब सेयर बजारले पनि बैशाखदेखि गति समात्ने विश्वासमा संगठित लगानीकर्ताहरू रहेका छन्।

१५ महिना लगातार घाटामा गएको मुलुकको शोधनान्तर अवस्था फागुनसम्म १ खर्ब ४८ अर्बले बचतमा गएको छ। फागुनमा रेमिट्यान्स पनि १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आएको छ। यो वर्षको ८ महिनामा रेमिट्यान्स २५ प्रतिशतले बढेको छ। अर्थतन्त्रका अन्य सूचकहरूमा पनि सुधार हुँदै गइरहेको परिस्थितिमा पुँजी बजारले पनि लय भेट्ने आधारहरू देखिएको विश्लेषकहरू बताउँछन्। 

 


प्रकाशित : मंगलबार, चैत २८ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend