बुधबार, असार ३१ गते २०८३    
बुधबार, असार ३१ २०८३

अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा, ६ महिनादेखि सकारात्मक लय 

मंगलबार, चैत २८ २०७९
अर्थतन्त्रको बाह्य क्षेत्र सुविधाजनक अवस्थामा, ६ महिनादेखि सकारात्मक लय 

यो वर्ष विदेशी मुद्राको सञ्चितिमा पनि सुधार भएको छ।

काठमाडौं- १५ महिना लगातार घाटामा गएको मुलुकको शोधनान्तर अवस्था पछिल्लो ६ महिनादेखि बचतमा गएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार फागुनसम्म शोधनान्तर अवस्था १ खर्ब ४८ अर्बले बचतमा गएको छ। 

शोधनान्तर अववस्था पछिल्लो ६ महिनादेखि सकारात्मक लयमा देखिएको छ। चालु वर्षको असोजदेखि शोधनान्तर बचतमा गएको हो। त्यसअघिका १५ महिनासम्म लगातार शोधनान्तर घटामा गएको थियो। चालु वर्षको आठ महिनामा सोधनान्तर डेढ खर्बले बचतमा गएको छ। जबकी गत वर्षको यही अवधिमा शोधनान्तर २ खर्ब ५५ अर्बले घाटामा थियो। 

अत्यधिक आयात र अर्कोतिर रेमिट्यान्स संकुचित हुँदै गएपछि गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा चरम दबाब देखिएको थियो। तर यो वर्ष एकातिर आयात घटेको छ भने अर्कोतिर रेमिट्यान्स पनि लयमा देखिएको छ। राष्ट्र बैंका अनुसार फागुनमा पनि रेमिट्यान्स १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको आएको छ। पछिल्ला केही महिनादेखि मासिक खर्बमाथि रेमिट्यान्स आइरहेको छ। यो वर्षको ८ महिनामा रेमिट्यान्स २५ प्रतिशतले बढेको छ। 

राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख प्रकाश श्रेष्ठका अनुसार फागुनमा ७.४४ प्रतिशत मूल्यवृद्धि कायम भएको छ। 

त्यस्तै चालु खाता घाटा यो वर्षको आठ महिनासम्म ४४ अर्ब कायम भएको छ। जबकी गत वर्ष यही अवधिमा ६ खर्ब पुगेको थियो। 

यो वर्ष विदेशी मुद्राको सञ्चितिमा पनि सुधार भएको छ। फागुनसम्म १० अर्ब ७० करोड अमेरिकी डलर बराबरको विदेशी मुद्राको सञ्चिति रहेको छ। यो सञ्चितिले ९ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, चैत २८ २०७९०८:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend