बिहीबार , कात्तिक ८ गते २०८१    
images
images

६० लाखको लागतमा दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २८ २०७९
images
images
६० लाखको लागतमा दीपालयमा बुहत् लिफ्ट सिँचाइ योजना सुरु

बृहत् लिफ्ट सिंचाइ योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिंचाइ गर्न पाउनेछन्।

images
images

दीपायल- दीपायलमा पहिलो पटक डोटीमा बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ।

images
images
images

जिल्लाको  दीपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट ६० लाख रूपैयाँको लागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो। योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन्।

यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगरकार्यपालिकाको भनाइ छ। सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरुको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए।

images

योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ। दीपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित  लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो। रासस 

images


प्रकाशित : मंगलबार, चैत २८ २०७९०८:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend