आइतबार, मंसिर ९ गते २०८१    
images
images

नयाँ हेलिकप्टर कम्पनी धौलागिरिले पायो उडान अनुपतिपत्र

images
सोमबार, चैत २७ २०७९
images
images
नयाँ हेलिकप्टर कम्पनी धौलागिरिले पायो उडान अनुपतिपत्र

मन्त्रालयबाट लाइसेन्स पाएको एएरले अब एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनेछ।

images
images

काठमाड‍ौं- सञ्चालनमा रहेका एक दर्जन कम्पनी आर्थिक मन्दीको मारमा परिरहेको बेला नयाँ हेलिकप्टर कम्पनीले उडान अनुमति पाएको छ। करिब एक दर्जन हेलिकप्टर कम्पनीहरू व्यापार नपाएको गुनासो गरिरहेका बेला सेवा सञ्चालनका लागि नयाँ कम्पनी दर्ता भएको हो।  

images
images
images

हेलिकप्टर सेवा सञ्चालनका लागि दर्ता भएको कम्पनीले उडान लाइसेन्सका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुगेको थियो। सोहीअनुसार धौवलागिरिले मन्त्रलयबाट उडान अनुमति पत्र पाएको हो। मन्त्रालयबाट लाइसेन्स पाएको एएरले अब एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा आवेदन दिनेछ। 

images

क्याप्टेन सोवित गौचनले हेलिकप्टर सञ्चालनमा ल्याउन लागेका हुन्। यसअघि नेपालका विभिन्न कम्पनीका हेलिकप्टर उडाएर अनुभव हासिल गरेका गौचनले आफ्नै एयरलाइन्स ल्याउन लागेका हुन्।

images

गौचनले एक दशकदेखि नेपाली आकाशमा उडान गरिरहेका छन्। उनले एयर डाइनेस्टीमा क्याप्टेन, अल्टिच्युट एयरमा अपरेशन डाइरेक्ट सम्हालि सकेका छन्। पछिल्लो समय गौचन हेली एभरेष्टका अपरेशन डाइरेक्टर समेत रहेका थिए।

धौलागिरि हेलिकप्टरले तीनवटा हेलिकप्टरबाट सेवा दिने प्रतिबद्धता गरेको छ। काठमाडौंमा बेस राखेर लाइसेन्स माग गरेको कम्पनीलाई मन्त्रालयमा अनुमति दिएको हो। मन्त्रालयबाट लाइसेन्स पाएको कम्पनी अब एओसीका लागि नागरिक उड्डयन प्राधिकरणमा जाने छ। त्यहाँबाट एओसी पाएपछि उसले जहाज खरिदको प्रक्रिया अघि बढाउने छ। 

नेपालमा हाल १३ वटा कम्पनीले हेलिकप्टर सेवा सञ्चालनको अनुमति लिएका छन्। कोरोना महामारीको समयमा ठप्प हुँदा नोक्सानी बेहोरेका हेलिकप्टर कम्पनीहरूले गत वर्षदेखि सन्तोषजनक व्यापार गरिरहेका छन्। 


प्रकाशित : सोमबार, चैत २७ २०७९१३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend