बिहीबार , वैशाख २७ गते २०८१    
images
images

मंसिर १ देखि विद्युत महसुल घट्ने, कसले कति तिर्नुपर्छ? 

images
बिजनेस न्युज
images
images
मंसिर १ देखि विद्युत महसुल घट्ने, कसले कति तिर्नुपर्छ? 

हिउँद र वर्षामा फरक फरक महसुल दरसमेत पहिलाे पटक कायम गरिएकाे छ। डेडिकेटेड लाइनकाे बिजुलीकाे महसुल दर नेपाल विद्युत प्राधिकरणले बढाउने प्रस्ताव गरे पनि आयाेगले अस्वीकार गरिदिएकाे छ। 

images
images

काठमाडौं- सरकारले विद्युत महसुलदर घटाएको छ। विद्युत नियमन आयाेगले बुधबार परिवर्तन भएको नयाँ महसुलदर सार्वजनिक गरेको छ।  

images
images
images

२०७८ भदाै १५ मा विद्युत प्राधिकरणले गरेकाे महसुल निर्धारण प्रस्तावअनुसार आयाेगले मंसिर १ देखि लागु हुनेगरी नयाँ दर सार्वजनिक गरेको हो। 

images

जसमा हिउँद र वर्षामा फरक फरक महसुल दरसमेत पहिलाे पटक कायम गरिएकाे छ। डेडिकेटेड लाइनकाे बिजुलीकाे महसुल दर नेपाल विद्युत प्राधिकरणले बढाउने प्रस्ताव गरे पनि आयाेगले अस्वीकार गरिदिएकाे छ। 

images

नयाँ दरअनुसार २० युनिटसम्मकाे बिजुली नि:शुल्क दिइने छ। त्यसमा सर्भिस चार्जबापत ३० रुपैयाँ भने तिर्नुपर्नेछ।

images
images

अब २० युनिटसम्मको पहिलो दरपछि २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिटभन्दा माथिसम्मको नयाँ दर कायम गरिएको छ।

व्यवसाय सञ्चालनका लागि ४ सय भोल्टको थ्री फेजको लाइन लिने घरायसी वर्गका ग्राहकले अब एक युनिटको वर्षामा १०.५० र हिउँदमा ११.५० रुपैयाँ फरक फरक महसुल तिर्नुपर्ने छ। यसअघि चार सय युनिटसम्म खपत गरेमा ११.५० रुपैयाँ र चार सय युनिटमाथि खपत गरेमा १२ रुपैयाँ महसुल थियो।

साथै इलेक्ट्रिक सामानकाे खपतलाई बढावा दिने नीति सरकारले लिएकाे छ।

सिँचाइमा८० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएकाे छ।

२३०/४०० भोल्ट बिजुली उपयोग गर्ने ग्राहकको हकमा सिँचाइका ग्राहकले अब प्रतियुनिट २.२५ रुपैयाँ महसुल तिनुपर्ने छ। यसअघि यसमा प्रतियुनिट ४.३० रुपैयाँ महसुल थियो।

सिँचाइका ३३ केभीका ग्राहकले प्रतियुनिट २.५० रुपैयाँ महसुल तिर्नुपर्ने छ। यसअघि यसमा प्रतियुनिट महसुल ४.८० रुपैयाँ थियो।

११ केभीका सिँचाइ ग्राहकले प्रतियुनिट २.६० रुपैयाँ महसुल तिर्नुपर्ने छ। यसअघि यसमा प्रतियुनिट ४.९० रुपैयाँ थियो।

वर्षायाममा बिजुली खेर गएकाे अवस्थालाई नयाँ  महसुल दरले उपयाेग गर्ने नीति लिएकाे आयाेगले जनाएकाे छ। 

विद्युत प्राधिकरणकाे ३ अर्ब ३२ कराेड रुपैयाँ बराबरकाे खर्च कटाैति गरेर महसुलमा छुट दिइएकाे समेत आयाेगले जनाएकाे छ। प्राधिकरणले वार्षिक २६ अर्ब खर्च गर्दै आएकाे छ। 

नयाँ महसुल दर-

images

प्रकाशित : ०९:०५
प्रतिक्रिया दिनुहोस